Breaking News

पै सा चाहिनेले शुक्र बार सम्म आवेदन दि इस क्नुपर्ने

काठमाडौं – कोरोनाको महामारीबाट प्रभावितहरुलाई आर्थिक सहायता आवश्यक परेको भए शुक्रबारसम्म आवेदन दिइसक्न न्युयोर्क सिटीले आह्वान गरेको छ । आर्थिक सहयता आवश्यक भएका साना विजनेशले आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र रहेको जानकारी दिदै यस्तो अपिल गरिएको हो । गत मार्च ८ मा न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कोरोनाको महामारीबाट प्रभावित साना विजनेशलाई राहत प्रदान गर्ने घोषणा गरेका थिए । न्युयोर्कको कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि आवेदन दिने म्याद अप्रिल ३ को बेलुका ५ बजेसम्ममात्र रहेको छ । त्यसपछि प्राप्त आवेदनहरु अस्वीकार गरिने न्युयोर्क सिटीले जनाएको छ ।

अप्रिल ३ पछि पनि एसबीए ऋण र न्युयोर्कसिटीका साना ब्यापार निरन्तरता ऋणका लागि भने आवेदन दिन सकिनेछ । कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि योग्य हुनका लागि ५ भन्दा कम कामदार भएको विजनेश हुनुपर्नेछ भने कोरोनाको महामारीका बेलामा समेत कामदारका लागि तलब जारी गरेको हुनुपर्छ । त्यस्तै एकदेखि ४ जनासम्म कामदार भएको, विगत ६ महिनादेखि संचालनमा रहेको, कुनै कानुनी जजमेन्टमा नपरेको विजनेशको आम्दानीमा २५ प्रतिशतभन्दा बढी गिरावट आएको खण्डमा यो सहायताका लागि योग्य हुनेछन् । यो सहायता अन्तरगत कामदारको तलबको ४० प्रतिशत रकम सिटीले सहायताका रुपमा प्रदान गर्नेछ ।

एउटा विजनेशले २७ हजार डलरसम्म रकम पाउनसक्नेछ । यदि तपाईको विजनेशमा एकसयभन्दा कम कर्मचारीहरु रहेका छन् र कोरोना भाइरसका कारण आम्दानीमा २५ प्रतिशत भन्दाबढी गिरावट आएको छ भने तपाईले ७५ हजारसम्मको विना ब्याजको ऋणका लागि आवेदन दिनसक्नुहुनेछ । त्यसका लागि २ बर्षदेखि संचालनमा रहेको विजनेश हुनुपर्छ । यो बाहेक युएस स्मल बिजनेश एड्मिनिस्ट्रेशनले कम ब्याजको ऋण र पेचेक प्रोटेक्सन प्रोग्राम समेत ल्याएको छ । पेचेक प्रोटेक्सन प्रोग्रामका लागि ५ सयभन्दा कम कामदार हुने विजनेशले आवेदन दिन सक्नेछन् । यो कार्यक्रम अन्तरगत पेरोलका लागि प्रयोग भएको ७५ प्रतिशतसम्म रकम तिर्नु नपर्ने जनाइएको छ ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply