Breaking News

आइतवारदेखि बैंक खोल्न दिने निर्णय

काठमाडौं । आगामी चैत २३ गतेदेखि बैंक खोल्न अनुमति दिने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति कञ्चनपुरको बैठकले उक्त निर्णय गरेको हो ।बैठकले आइतवार बिहान ११ बजेदेखि दिनको १ बजेसम्म दैनिक २ घण्टा बैंक खोल्न अनुमति दिने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सार्वजनिक सूचना जारी गर्दै भीड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्थासहित बैंक खोल्न अनुमति दिने जनाउनुभएको छ ।

मिर्गाैलाको डायलासिस गर्नुपर्ने बिरामीलाई सवारी पास नचाहिने र अस्पतालको पूर्जीको आधारमा आवागमन गर्न पाइने, भीडभाड नहुने गरी किसानले गहुँ काट्न र थ्रेसर चलाउन पाउने, कुखुराको दाना साँझ ८ बजेपछि रातको समयमा ढुवानी गर्न दिने लगायत निर्णय समितिले गरेको छ ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply