Breaking News

ज्योतिषी भन्छन् : नेपालीको छाला गहुँगोरो वर्णको भएकाले कोरोनाभाइरस लाग्दैन

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको प्राण घातक भाइरस ‘कोरोना’ले अहिले विश्वव्यापी रुपमा एक प्रकारको महामारीको रुप नै लिईरहेकोे छ । अहिलेसम्म करिब १६२ देशमा संङ्क्रमण फैलिसकेको तथ्यांक छ। गत डिसेम्बरको अन्त्यतिरबाट चीनको वुहान क्षेत्रबाट फैलिएको उक्त प्राण घातक भाइरसबाट ७ हजारभन्दा बढि मानिसको ज्यान गइसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको उक्त भाइरसका कारण नेपालमा अहिलेसम्म कुनै पनि व्यक्तिको मृत्युु भएको छैन् ।

दुई छिमेकी देश भारत र चीनमा महामारीको रुपमा फैलिरहेको छ । चीनले उक्त महामारीको बिपत्तिबाट करिब लडाइँ जितिसकेको बताइरहेको छ । हाल चीनमा सङ्क्रमणको सङ्ख्या दिन प्रतिदिन घटिरहँदा अर्काे छिमेकी देश भारमा भने दिन प्रतिदिन फैलिने क्रम बढिरहेको छ। यी दुई देशको बिचमा रहेको नेपालमा भाग्यबस एक जनालाई मात्र कोरोना सङ्क्रमण देखिएको थियो, त्यो पनि चीनबाट फर्केका एक विद्यार्थीमा । यद्यपि हाल ती विद्यार्थी उपचारपछि निको भएर घर फर्किसकेको स्वस्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ। यस्तो अवस्था रहिरहनुको कारण केहो ? ज्योतिष तथा वास्तुको दृष्टिकोणले आगामी दिन नेपालमा रहेका मानिसहरूको जीवनशैली कस्तो रहला भनेर ज्योतिष तथा वास्तुविद्हरुले अनुसन्धान पनि गरिरहेका छन् ।

कुन कुन कारणले गर्दा नेपालमा कोरोना भाइरस फैलन सकिरहेको छैन ?

नेपाल हिन्दु, वैदिक तन्त्रात्मक भूमि हो ।यहाँ देवताहरुको निवास भूमि भएकाले हरेक मठ मन्दिरहरुमा दैनिक रुपमा हवन भइरहेको छ । वैज्ञानिकहरुले अनुसन्धान समेत गरिसकेका छन् ज्यौ, तिल, ध्यु र समीधासहितको हवनबाट निस्कने धुवाँले वायुमण्डल शुद्धीकरण गर्दछ, जसका कारणबाट हावाबाट फैलने कुनैपनि प्रकारका भाइरसले तुरुन्तै असर पारिहाल्ने सम्भावना अत्यन्तै न्यून हुन्छ ।

विश्वमा रहेका मानिसको तीन प्रकारको छाल हुन्छ । हिन्दुधर्म शास्त्रहरुमा हजारौं वर्ष पहिल्यै उल्लेख गरिसकिएको छ, मानिसमा सेतो, कालो र गहुँगोरो छाला हुन्छ भनेर । अहिले महामारीको रुपमा फैलिरहेको भाइरस भनेको सेतो र कालो प्रकारको छालामा मात्रै देखिएको छ । नेपालमा रहेका मानिसहरूको छालाको रंग गहुँगोरो भएकाले तत्कालै सङ्क्रमण फैलिन नसक्ने डा. रुद्रानन्द गिरीजी महाराजको दावी छ। सावधानी भने अपनाउनुपर्ने देखिएको छ।

वास्तुका हिसाबले पनि नेपाल दक्षिणमा भारत र उत्तरमा चीन रहेको छ। वास्तुको नियम अनुसार जहिले पनि उत्तरी दिशाबाट आउने हावामा सकारात्मक ऊर्जाको गुण रहेको हुन्छ, जुन ऊर्जासँग हजारौं प्रकारका रोगसँग लड्न सक्ने शक्ति रहेको हुन्छ । नेपालमा हिमाली क्षेत्रमा हजारौंको सङ्ख्यामा जडीबुटी पाइने आयुर्वेदिक ग्रन्थ “चरक संहिता“मा उल्लेख गरिएको छ। नेपालको उत्तरी भेगमा हिमाल पर्दछ र हिमाली क्षेत्रबाट आउने हावामा जडीबुटीसहितको आयुर्वेदिक हावाका कारणले पनि नेपालीलाई कुनै प्रकारका भाइरसले आक्रमण गरिहाल्न नसक्ने विज्ञहरुको दावी छ। बेलैमा सावधानी अपनाउने हो भने नेपाल पूर्णरूपमा सुरक्षित रहन्छ ।

ग्रह राशि र नक्षत्रका हिसाबले पनि अहिले ग्रह मन्डलमा नकारात्मक कुनै प्रकारको योग निर्माण भएको छैन । देवगुरु बृहस्पति र सेनापति ग्रह मंगल संयुक्त रुपमा रहनाले पनि कुनै प्रकारको संङ्क्रमण हुने योग देखिरहेको छैन । कुनै प्रकारको अनिष्ट योग नबनाएका कारण आत्तिनु भन्दा सावधानी अपनाउन सके सुरक्षित हुने ज्योतिषीहरुले जानकारी गराएका छन् । सूर्यको प्रकाशबाट आउने उक्त किरणमा कुनै कुनै समयमा राहु तथा केतुका कारणले यस्ता नकारात्मक ऊर्जा निकाल्ने ज्योतिषविद्ले जानकारी गराएका छन् । राहु र केतु भनेकै सर्प हो, यी दुई ग्रह जहिले जहाँ बसेपनि १८०को डिग्री बनाएर मात्रै बस्ने गर्दछन् ।

यदि हरेक मानिसले आफ्नो घरमा हवन गरेमा उक्त हवनको धुवाँले वायुमण्डल शुद्धीकरण भई कुनै पनि प्रकारको संङ्क्रमण नफैलने ज्योतिषीहरुले जानकारी गराएका छन् । यस्ता खाले नकारात्मक भाइरस प्रायः राहु तथा केतु ग्रहबाट निस्कने हुँदा ज्योतिषाचार्य भाष्करले आफ्ना ग्रन्थहरुमा सर्पको रुपमा व्याख्या गरेका छन् । त्येसकै कारणले वेदमा सर्पको रुपमा पुजा गरिएको छ।

१८०को डिग्री बनाएर नकारात्मक तथा सकारात्मक ऊर्जा प्रभावित हुने हँुदा सिमित एरियामा मात्रै सङ्क्रमण फैलिने हुनाले पनि नेपालमा यसको प्रभाव निकै कम हुने र यदी भैहाल्यो भने पनि बिस्तारै ढिला गरि फैलने हुँदा बेलैमा सरकारले तदारुकता देखाएमा नेपाल पूर्णरूपमा सुरक्षित रहने विज्ञहरूले दाबी गरेका छन् ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply