Breaking News

यसरी थाहा पाउनुहोस्, आफ्नी प्रेमिकाको माया साँचो कि झुठो

सयहोग चाहिँदामात्रै सम्पर्क यदि प्रेमिकाले अफ्ठ्यारोमा पर्दा तपाईंसँग कुनै सहयोगको अपेक्षा राखिन् भने आफूलाई भाग्यशाली सम्झनुस् । उनलाई सहयोग पनि गर्नुस् । तर, समस्याबाट पार पाईसकेपछि उनले तपाईंलाई नजरअन्दाज गर्न थालिन्, वा सहयोगको खाँचो हुँदामात्रै तपाईंलाई सम्झिन थालिन् भने सचेत हुनुस्, मुखले जे भने पनि तपाईं उनका लागि एउटा टिस्यू पेपरभन्दा बढी केही होइन । प्रयोग गर्यो, फालिदियो ।

फ्रेण्ड्स विद् एक्ट्रा बेनिफिट्स तपाई जुन युवतीलाई निकै प्रेम गर्नुहुन्छ, यदि उनले सार्वजनिक स्थानमै तपाईलाई अंगालोमा बेरिन्, अब उनले पनि मलाई त्यत्तिकै माया गर्दिरहिछिन् भनेर सोच्न थाल्नुभयो ? हतार नगर्नुस्, तपाईले उनीसँग कहिल्यै आफ्नो फिलिङ्स शेयर गर्नुभएको छ ? न उनले तपाईलाई राम्रो साथी मात्र पो सोच्छिन् कि ! यस्तो पनि हुनसक्छ, कतै उनी तपाईंलाई आफ्नो सहूलियतको हिसावबाट हक जमाउने मौका त दिँदै छैनन् । यसैलाई भनिन्छन्, (फ्रेण्ड्स विद् एक्ट्रा बेनिफिट्स) अर्थात अतिरिक्त लाभ सहितको साथी । कुरा आफैं बुझ्नुस् ।

साथीहरुको बीचमा नजरअन्दाज ! सामान्यतया युवतीहरु आफ्नो प्रेमबारे परिवारसँग कुरा गर्न डराउँछन् । यसलाई कुनै अनौठो मान्नु पर्दैन । तर, तपाईकी प्रेमिकाले साथीहरुको बीचमा पनि तपाईंसँगको सम्बन्धबारे खुल्न सक्दिनन् । या कुनै पार्टी वा फङ्सनमा तपाईंलाई बोलाएर अन्य साथीहरुसँगै बढी ब्यस्त हुन्छिन् ? यदि यस्तो हो भने बुझ्नुस्, तपाईंकी प्रेमिका तपाईंसँग त्यत्ति कम्फर्टेबल छैनन् । यदि यस्तो हो भने समय छँदै उनीसँग दूरी बढाएको बेस ।

‘बेनिफिट अफ डाउट’ दिन बन्द गर्नुस् कतै उनले तपाईंसँग रिबाउन्डिङ प्रेम त गरिरहेकी छैनन् । यस्तो हुन पनि सक्छ, कसैसँग ब्रेकअप पछि उनी तपाईंसँग अफेयरमा छिन्, उनलाई तपाईंसँग समय बिताउन मजा लाग्छ । तर, किनै नजिक भएर पनि तपाईंलाई माया गर्ने पूरा हक दिइरहेकी छैनन् भने सोच्नुस्, यो रिबाउण्डिङ प्रेम हुनसक्छ । उनी मात्र यसकारण तपाईंको नजिक छिन्, ताकि आफूलाई पूर्वप्रेमीबाट टाढा राख्न सकियोस् । यदि यस्तो हो भने आफूलाई कन्फ्यूजनमा नराख्नुस् । याद गर्नुस्, उनी तपाईंलाई माया गर्छिन्, या गर्दिनन्, यी दुई जवाफको बीचमा कन्फ्युजनलाई कुनै ठाउँ छैन ।

बस्, आफ्नो कुरा भन्छिन्, तपाईंलाई सुन्दिनन् ? ठन्डा दिमागले सोच्नुस् त, पछिल्लो पटक तपाईंकी प्रेमिकाले तपाईंसँग बसेर तपाईंकै समस्याबारे सिरियस्ली कहिले गफ गरेकी थिइन् ? कि हरेक भेटमा आफ्नै कुरामात्रै सुनाउँछिन्, तपाईंलाई सुन्ने फुर्सद नै हुँदैन ? यदि यस्तो हो भने बेलैमा सचेत हुनुस्, उनी तपाईंसँगको प्रेममा सिरियस छैनन् । मायामा सुन्ने र सुनाउने बराबर हुन्छ, आफ्नो कुरा भन्ने, अरुको नसुन्ने होइन ।-एजेन्सीको सहयोगमा

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply