काठमाडौँ । आज चैत २९गते (शनिबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर खस्केको छ ।विश्वभर कोरोना भाइरसको महामारी बढिरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि निकै उतारचढाब आइरहेको हो।
आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३६ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ र बिक्रिदर १ सय ५२ पैयाँ ७५ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ४५ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २१ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय २२ रुपैयाँ ६० पैसा रहेको छ।